आँचलले प्रेमी उदिपसंग कसिन् लगन गाँठो

सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘नाई न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिहिबार लगन गाँठो कसिन् । हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठ स्थित होटल पार्क भिलेज रिसोर्टमा बिबाह गरेका हुन् । करिब एक बर्षको प्रेम पश्चात् आँचल र उदिपले बिबाह गरेका हुन् । आँचलले बिबाहको तस्बिर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् ।