‘२ नम्बरी’ को छायांकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘२ नम्बरी’ को छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण हुने चलचित्रको छायांकन ३५ दिनमा सक्ने लक्ष्य निर्माण टिमको रहेको छ । चलचित्रको सम्पूर्ण छायांकन पोखरा आसपासमा हुने निर्देशक लामाले बताए ।

चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन (भुटानी अभिनेत्री) ले पहिलो दृश्य दिएका छन् । चलचित्रका अर्का प्रमुख कलाकार द्वय पल शाह र वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । भुटानी चलचित्रकी चर्चित अभिनेत्री उगेन छोदेनले ‘२ नम्बरी’ बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा उनको जोडी अभिनेता दयाहाङसँग बाँधिएको छ ।

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’लाइ सुशन प्रजापतिले खिच्ने छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने चलचित्रका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा अमलादेवी राईको सहनिर्माण रहनेछ । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन गर्ने लक्ष्य रहेको चलचित्रमा बुद्धि तामांङको पनि अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.