आर्यन र स्वस्तिमाको ‘हजारजुनीसम्म’ अब भारतमा प्रदर्शन हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली चलचित्रलाई छिमेकी राष्ट्र भारतको नेपालीभाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका स्थानमाप्रदर्शन गर्न सकेपनि राम्रो दर्शकसंगै बजार विस्तारमा टेवा पुग्छ । यसकै शिलशिलामा केहि महिनाको तयारीपछि गत साउनमा नेपालमा प्रदर्शनमा आएको चलचित्र ’हजारजुनीसम्म’ रिलिजहुने भएको छ ।

विकासराजआचार्य निर्दे्शित लभस्टोरी चलचित्र ‘हजार जुनीसम्म’आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजामल , कार्निभलमाप्रदर्शन हुँदैछ । यसैगरी दार्जि्लिङ्गको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर , सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतकाहलमा चलचित्र प्रदर्शन हुदैछ । चलचित्र प्रदर्शनलाई लक्षितगर्दै सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले चलचित्र दार्जि्लिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्के्टिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि चलचित्र हेर्न आग्रह समेत गरिन् ।

चलचित्रको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा छायांकन गरिएको गीत’एमजी रोडैमा’त्यहाँलोकप्रियभईसकेको छ । चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तमप्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेकाहुन् । कविता रेग्मीकार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ रहेका छन् ।