मरिष्काबनिन् सिड्नीमा थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर


सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेत्री एवं मोडल मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन। बिभिन्न सांगितिक कार्यक्रममा सहभागि हुन गत हप्ता मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी मरिष्कालाई थेरापी प्वाइन्ट,एजुकेसन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट एजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् ।

सिड्नीको लिडकममा रहेको वाइट पार्कमा भब्यताका साथ मनाईएको सिड्नी होली मेलाको कार्यक्रम बीच मरिष्कालाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको थियो । होली मेलामा करिब दुई हजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो। यो थेरापी प्वाइन्टका सन्चालक सुनिल उप्रेती यो बिषय र बिधामा सक्रिय अष्ट्रेलियाकै पहिलो नेपालीमा पर्दछन -‘ मरिष्काजीलाई थेरापी सम्बन्धि ज्ञान पनि भएको र यस बिषयमा उहांले अध्ययन पनि गर्नु भएकोले उपयुक्त ब्यक्ति ठानेपछी उहांलाई हामीले आग्रह गरेका हौ। उहांले पनि मान्नु भयो -‘ उप्रेतीले जानकारी दिए ।