‘प्राबिधिक बन्ने भन्दा पनि कलाकार बन्नेहरुको भिड हुन्छ’ छायाँकार बिरेन्द्र


सेलिब्रेटी नेपाल

काठमाडौँ:डोटी जिल्लामा जन्मिएका बिरेन्द्र भट्ट राजधानी काठमाडौँमा निरन्तर १२ बर्ष देखि छायाँकारको रुपमा कार्य गर्दै आइ रहेका छन्। उनि क्यामेरा टेकर, सहायक छायाँकार हुँदै कुशल छायाँकारको रुपमा कार्य गरि रहेका छन् । करिब १ दर्जन ठुलो पर्दाको चलचित्र तथा ६-७ सय म्युजिक भिडियो छायाँकन गरि सकेका छन् । उनले छायांकन गरेको ठुलो पर्दाको चलचित्रहरु धुन,चिहान,आरोप,माइ ब्रदर लगाएत रहेका छन् ।

प्रदेश नम्बर ७ डोटीबाट उनि आफ्नो करियर बनाउनको लागि काठमाडौँ छिरेका हुन् । आफ्नो पेशाबाट सन्तुस्ट रहेको बताउने भट्ट बेला बेला आफ्नो परिश्रमको मूल्य नपाऊदा भने दुख लाग्ने बताउछन् । नेपाली चलचित्र उद्योगमा प्राबिधिकहरुले आफ्नो पारिश्रमिक लिन बेला बेला निर्माताहरुकोमा धाउनु पर्ने बाध्यता रहेको सुनाउछन् ।

नेपाली चलचित्र क्षेत्र हेर्ने सरकारी निकायले प्राबिधिकहरुको बारेमा केहि नीति नियम बनाउनु जरुरि रहेको उनको बुझाई रहेको छ । नेपालमा हुने अवार्डहरु प्रति पनि उनि गुनासो गर्दछन,अवार्ड पनि बिक्रि हुन्छन कामको केहि मुल्यांकन हुन्न उनि थप्छन ।

पछिल्लो समय प्रोफाइल बनाउनको लागि नेपाली गीत संगीत तथा चलचित्रमा काम गर्न आउनेहरु बढेकोले अलिक समस्याहरु भित्रिएको उनि बताउछन् । नेपालमा प्राबिधिक बन्ने भन्दा पनि कलाकार बन्नेहरुको भिड हुन्छ आफु चाहिं त्यो भिड बाट अलिक फरक रहेर प्राबिधिक पाटो रोजेका भट्ट निरन्तर यसै क्षेत्रमा लागि रहने बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.