नतिजा अब सर्वोच्च अदालतमा



यो वर्ष बनेका थुप्रै चलचित्र हरुले सेन्सर झमेला महसुस गरे थुप्रैले मन खुम्च्यायर एडल्ट सर्टिफिकेट मा चित्त बुझाय । त्यस्तै एक चलचित्र नतिजा अत्यन्त सामान्य दृश्य र सम्बादलाई हटाउन सेन्सर बोर्डले दबाब दिएको भन्दै नतिजा टिम सेन्सर बोर्ड विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेको खबर छ । प्रमोद भण्डारी निर्देशित नतिजाको केही दिन अघि सेन्सरले ९ सिनमा आपत्ती जनाएपछि सेन्सर बोर्ड र नतिजा टिम बिच युद्ध सुरु भएको हो ।

बोर्ड र नतिजा युद्धमा चलचित्र निर्देशक समाज र निर्माता संघका प्रतिनिधिले पनि पूर्ण साथ दिने नतिजाको विशेष प्रेस शो पश्चात प्रतिक्रिया दिएका छन् । रिलिज मिति टुङ्गो नलागेको यो चलचित्रलाई शक्ति पण्डित र सपना श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा शोहित मानन्धर, हर्षिका श्रेष्ठ, श्रृजना सुब्बा तथा विशाल पोखरेल मुख्य भूमिकामा छन् । यो फिल्म समाजिक बिषयबस्तुमा तयार गरिएको छ।