‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित


सेलिब्रेटी नेपाल

काठमाडौं: आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो। कोरोना भाइरसका कारण सरकारले भीडभाडमा नजान, धेरै मानिसको भेला हुने कार्यक्रम नगर्न आग्रह गरिरहेको अवस्थामा आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, ‘कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदा सम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गर्दछौं।’ ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। चलचित्रमा पूजा शर्मा र पल शाह शीर्ष भूमिकामा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.