सुनिलले ल्याए मनछुने गीत ‘आमा’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुनिल छिदाल र गायिका पूजा घर्ति मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक छिदाल स्वयंले संगीत भरेका छन् । गीतमा राजु कार्कीको एरेञ्ज छ ।

बाल्यकालमा घर छाडेर शहर पसेपछि सडकमा जीवन विताउन बाध्य एक युवकको कथा भिडियोमा देखाइएको छ । भिडियोमा गायक छिदाल स्वयंले अभिनय गरेका छन् । उनको अभिनय मनछुने छ । उनको आमाको भूमिकामा गीतकार समेत रहेकी लक्ष्मी रोकायाले अभिनय गरेकी छन् । यूट्युबमा सार्वजनिक भएको एक हप्तामा नै ‘आमा’ गीतलाई साढे २ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

गीत हेर्ने अधिकांश दर्शकले उम्दा प्रतिक्रिया दिएका छन् । प्रायःले गीत हेरेर भावुक भएको बताएका छन् । अनिल रानाले सम्पादन गरेको गीतको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । तीन दर्जनभन्दा बढी चर्चित गीतको निर्देशन गरिसकेका रोजलले ‘आमा’ गीतको भावलाई मर्न नदिन हरसम्भव प्रयास गरेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.