धोका दियो हाइटले भन्दै भिम र एलिना (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं :जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘धोका दियो हाइटले’को भिडियो सार्वजनिक गरिएको छ । नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

टेक बहादुर शाह ‘टेकेन्द्र’को निर्देशन रहेको गीतको भिडियोमा आचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन । गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा राम कुमार केसीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफि र निर्देशक टेकेन्द्र शाहको सम्पादन रहेको छ ।