सविन र रेखाको एक्सन,‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सविन श्रेष्ठ र रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणको लामो समयपछि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । सविन र रेखा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । यी दुईको प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा छन् । मदन कस्यप घिमिरेको छायांकन रहेको चलचित्रमा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सविनको आग्रह नकार्न नसकेर ‘हिरो रिटर्न्स’ मा काम गरेको बताइन् । चलचित्रको कथावस्तु र आफ्नो भूमिका पनि मन परेको उनको भनाई छ । उनी १८ वर्ष अगाडि चलचित्र ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्रमा भित्रिएकी थिइन् ।

चलचित्रमा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जन, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।