‘प्रेम गीत ३’टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को टिजर सार्बजनिक गरिएको छ । चलचित्रमा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहेको छ । दुईसय वर्ष पुरानो प्रेमकथामा बनेको यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । टिजरमा न्यारेसनको काम मनोज लामाले गरेका छन् । उनको न्यारेसनले सिनेमाको सार बोल्छ । मुख्य पात्र प्रेम (प्रदीप) र मनिष राउत बीचको टकराव टिजरमा देख्न सकिन्छ । यहाँ निर्माण पक्षले गीत अर्थात कृष्टिना गुरुङलाई लुकाएको छ । कलाकार शिव श्रेष्ठलाई टिजरमा एक राजाको भूमिकामा देख्न सकिन्छ ।

प्रदीप र क्रिस्टिनाका साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ।