अमेरिकामा बस्दै आएका निर्देशकले गरे भट्टराई परिवारलाइ नगद सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौँ:स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे ।

अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी,दिनेश कार्की,किशोर सुब्बा,अक्की शर्मा,यादब सिलवाल,बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी सुवेदीले यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए । सहयोग गर्न चाहनेले बैंक खाता सिटिजन बैंक कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ जमा गराइदिन पनि उनले आग्रह गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.