‘ईलाम बजार’ लियर आए राज (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ईलाम सुर्य नगरपालिकाका राज लिम्बुले आफ्नो पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ । ज्ञानु राईले खिचेको गीतलाई योगेश दाहालले सम्पादन गरेका छन् ।

बच्चैदेखि गायनमा रुचि राख्ने राज लिम्बुले अहिलेसम्म गाउँने अवसर पाएका थिएनन् । वर्षौसम्म कतारको मरुभूमिमा पसिना बगाएका लिम्बुको नेपाली संगीत प्रतिको लगाव कहिल्यै पनि छुटेन । मरुभूमिमा उनि नेपाली संगीतसँगै आफ्नो कर्म अगाडी बढाईरहेका थिए ।

अन्तत: पहिलो पटक आफ्नो स्वर रेकर्ड गराउन पाउँदा उनले बच्चैदेखिको सपना पुरा भएको बताए । ‘आज सपना पुरा भएको छ । आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु ।’ उनले भने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.