अनमाेल केसीलाई ठगि मुद्दा


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘धुपौरे’निर्माण टिमले अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा हालेको छ । केही समय अगाडी चलचित्र ‘धुपौरे’ मा अनमोल केसी साठि लाख पारिश्रमिकमा अनुबन्धित भएको खबर चर्चामा थियो । चरित्र जिबन्तता बनाउनको लागि अनमोलले निर्देशक साम्तेन भुटिया संग लोकेसनमा पुगेर अध्ययन गरेको तस्बिर समेत निमार्ण टिमले सार्वजनिक गरेको थियो । ‘धुपौरे’ को चरित्र निर्वाह गर्नका लागी अनमोलले निकै मेहनत गरेको भनेर समाचार आएको थियो । गत मंसिरमा नै फ्लोरमा जान लागेको चलचित्रलाई स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले चलचित्रमा काम नगर्ने समाचार बाहिर आएको थियो । यो बारेमा निर्माण टिमले भने यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको र चलचित्र सुटिङमा जाने समेत जानकारी गराएको थियो ।

तर अहिले आएर निमार्ण टिम र अनमोल केसी बिचको विवाद छताछुल्ल भएको छ यतिसम्म कि अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा समेत हालेको छ । सञ्चार माध्यममा चलचित्र छोडेको भन्ने निरन्तर समाचार आएपछी निर्माण टिमले अनमोल केसीसँग जानकारी लिन खोज्दा लामो समय देखी अनमोल केसीसँग सम्पर्क नभएको र बारम्बार सम्पर्क गर्न खोज्दा फोन नम्बर समेत परिवर्तन गरेको निर्माता रुपेन्द्र खड्गीले आरोप लगाएका छन् ।

खड्गीले भने ‘हाम्रो टिम सुटिङको लागि सबै तयारी अवस्थामा थियो । अनमोल केसीकै जबरजस्तीले नयाँ नायीकाको लागि तिन दिन भब्य अडिसन गरेर नायीका लगायत अन्य कलाकार समेत फाइनल गरेका थियौ ।’ सम्पुर्ण तयारी सकेपछि अनमोल केसीलाई सम्पर्क गरे तर अनमोलसँग सम्पर्क भएन । सुटिङको मिती परिवर्तन भयो मंसिर १८ बाट फ्लोरमा जान सम्पुर्ण टिम तयार भयो तर अनमोल गायब भए । त्यसपछि निमार्ण टिमले अनमोल केसीका बुवा भुवन केसीसँग सम्पर्क गरे । अन्तिम समयमा आएर भुवनले स्किप्ट सच्चाउन लगाए । निमार्ण टिम स्क्रिप्ट सच्चाउन सहमती भयो । त्यसपछि पनि भुवनसँग सुटिङ डेट मिलाउन बारम्बार अनुरोध गरे तर भुवनले पनि विभिन्न बाहानामा अल्झाइरहे ।

अनमोल केसी र निर्देशक साम्तेन भुटियाले ‘धुपौरे’ को स्क्रिप्ट राम्रो छ भनेर नै निर्माण टिमले चलचित्रलाई अगाडी बढाएको थियो । पहिले राम्रो भनेर चर्को पारिश्रमिक लिएर फिल्म साइन गरेका अनमोल लाई सुटिङ डेट नजिकिदा किन स्क्रिप्ट चित्त बुझेन त्यो त अनमोल केसी लाई नै थाहा होला ? तर निर्माण टिमले धेरै कोशिस गर्दा पनि अनमोल भुवनले चासो देखाएनन । एग्रीमेन्ट गरेर पैसा नि लगिसके सबै जनाको एग्रीमेन्ट भैसक्यो । यति धेरै पैसा डुबिसक्यो तर उनिहरु लाई मतलब नै छैन । उनिहरुले जे भन्छन त्यही हिसाब ले काम गरौ । स्क्रिप्ट चित्त नबुझे मिलाउ के कुरा चित्त बुझेन हामी जे पनि गर्छौ तर चलचित्र नरोकौ । एउटा डेट दिनुस त्यही डेट मा शूटिङ गरौ भन्दा नि भुवन र अनमोल ले टेरपुच्छर लगायएन त्यसकारण बाध्य भएर हामीले अनमोल केसी विरुद्ध मुद्धा दर्ता गरेका हौ निराश हुदै निर्माता रुपेन्द्र खड्गीले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.