दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक पोस्टर


सेलिब्रेटी नेपाल

काठमाडौँ:दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार चलचित्रले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ ।

पोस्टरमा मध्य पहाडी पृष्ठभूमि छ । दयाहाङ र मिरुना विवाहित दम्पतिको भूमिकामा छन् । रामबाबु गुरुङले निर्माण गरेको चलचित्र जेठ २३ बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सुरेश मियोङ लिम्बुको कथा कन्सेप्टमा दयाहाङ र मिरुनाका अलावा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । शैलेन्द्र ध्वज कार्कीले खिचेको चलचित्रमा झुमा लिम्बु/संगम पन्तको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.