‘धुलो’को आइटममा बुद्धि र अग्रजसँग दीपाशाको झट्का


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रदर्शन मिति नजिकीदै जादा ‘धुलो’ युनीटले प्रचार प्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरेको चलचित्रको ‘चार सयचालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ । राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको चलचित्रको सो आइटम गीत दुर्गा खरेलले गाएकी हुन् । केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रधुम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ अबको शुक्रबार अर्थात् १६ फागुनमा एकल प्रदर्शनमा उत्रदैछ ।

गीतमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा बिसी फिचर छन् । निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मज्दुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रधुम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । सिके वाग्लेप्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।