राहुल र समिताको प्रेम गीत ‘मुटु र तिमी मा’बिकाश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । यस अघि दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ ।

संचारकर्मी तथा मोडल विकाश लामिछाने संग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन। काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्। भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि. ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.