‘प्रेम गीत ३’को शिर्ष गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को दोश्रो गीत सार्बजनिक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा रहेको ’प्रेम गीत’को शिर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको छ । सार्बजनिक लिरिकल भिडियोमा मनाङका सुन्दर दृश्यहरु समाबेश गरिएको छ। गीतमा अभिनेता प्रदीप खड्का,अभिनेत्री क्रिस्टिना गुरुङको फरक फरक फोटोहरुलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहेको छ । दुईसय वर्ष पुरानो प्रेमकथामा बनेको यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । प्रदीप र क्रिस्टिनाका साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ।