‘परदेशी २’को छायांकन सुरु,प्रकाशले भने ‘अर्को एउटा सपना पुरा भो’


सेलिब्रेटी नेपाल

काठमाडौं:नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’को महा शिवरात्रिको अवसर परेर शुभ साइत गरिएको छ शुभ साइत संगै आज बाट नै चलचित्रको छायाँकन सुरु भएको छ ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूत को डेब्यु चलचित्रमा प्रकाशको जोडीको रुपमा वर्षा शिवाकोटी रहेकी छिन। प्रकाशले अधुरो एउटा सपना पुरा भएको बताएका छन् । उनले भनेका छन् ‘सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर। तर, सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ।’

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ । चलचित्रमा प्रकाशका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ। रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथामा निर्माण हुने चलचित्रको कथा नारायण रायमाझी र रमेश बिजिले लेखेका हुन् । राजेश बंशल चलचित्रका निर्माता हुन्।


तस्बिर:प्रकाश सपूतको फेसबुकबाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.