चिरञ्जीवीको ‘विस्तारै विस्तारै तिमी मेरी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियोलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उक्त गीतको श्रव्य, दृश्य सामग्री सार्वजनिक गरिएको हो ।

गायक चिरञ्जीवी भण्डारीका संगीत गुरु राम सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भिडियोका निर्देशक सुब्रतराज आचार्य, मोडल जेबिका कार्की र व्यवसायी शंकर पाण्डेको आतिथ्यता रहेको थियो ।

सार्बजनिक गीतमा गायक संगीतकार चिरन्जीवी भण्डारी र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतको संगीत संयोजन भने सञ्जीव बराइलीले गरेका छन् । गीतकार प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् । ‘बिस्तारै बिस्तारै तिमी मेरी’ गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन, बिष्णु खड्काको भिडियो सम्पादन रहेको छ । भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र जेबिका कार्कीको रोमान्टिक अभिनय रहेको छ । गीतको भिडियो गायक चिरन्जीवीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।