अभिनेत्री मरिष्का सिड्नीमा ब्रान्ड एम्बेसडर बन्दै


सेलिब्रेटी नेपाल

सिड्नी:अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी पुगेकी छिन । उनि यसै साता मात्र सिड्नी पुगेकी हुन । पछिल्लो समय युवा पुस्तामा चिनिएकी र मन पराइएकी अभिनेत्रीको रूपमा रहेकी मरिष्का एस.एन.एस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी पुगेकी हुन ।

सिड्नी रहंदा मरिष्काले बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने भएकी छिन ‘ म मार्च ७ तारेखका दिन आयोजना हुने होली मेलामा सहभागि हुनेछु भने त्यसै दिन एसएनएस ट्राभलले मलाई ब्राण्ड एम्बेसेडर घोषणा गर्ने कार्यक्रम रहेको छ -‘ सिड्नीमा भेटिएकी मरिष्काले भनिन् ।

यता मरिष्काको बजार र क्रेजलाई बुझेर नै आफ्नो सस्थाले उनलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी सुनिल उप्रेती दिएका छन । ट्राभल बाहेक एजुकेसन एण्ड माइग्रेसन कर्नर, थेरापी प्वाइन्ट र नेशन वाईड रियल स्टेट सन्चालन गर्दै आएका उप्रेतीले आगामी दिनमा नेपाली सिने क्षेत्रसंग आबद्द कामहरू गर्दै जाने कुरा बताएका छन । मार्च ७ तारेखका दिन हजारौ नेपालीहरूबीच होली मेला रगडेल होली मेला कार्यक्रममा मरिष्कालाई ब्राण्ड एम्बेष्डर घोषणा गर्न लागिएको छ ।