‘सेन्टी भाइरस’ र ‘आमा’को अग्रिम बुकिङ खुल्यो,दुबैलाइ मल्टीप्लेक्समा राम्रो शोज



काठमाडौँ: शुक्रबारदेखि प्रदर्शन हुने दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवैले सुरुवाती शोज राम्रो पाएका छन् । ‘आमा’ले पाएको शोज राम्रो व्यापारको लागि प्रयाप्त देखिन्छ । भने, ‘सेन्टी भाइरस’लाई बम्पर व्यापार गर्ने ठाउँ मिलेको छ ।

‘आमा’लाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले २४ शोज दिएको छ । भने, ‘सेन्टी भाइरस’को पक्षमा ५० शोज छुट्टयाएको छ । राजधानीबाट संचालन हुने ठुला मल्टीप्लेक्समा ‘सेन्टी भाइरस’ले ८० शोज पाएको छ । यसमा एफक्युबले ५, सिडिसीले ६, आइएनआइले ७, बिएसआर/क्युज र वान सिनेमाजले समान ४/४ शोज छुट्टयाएका छन् ।

यस्तै माथिकै मल्टीप्लेक्सबाट ‘आमा’ले टोटल ५१ शोज पाएको छ । उसलाई आइएनआइले ७, बिएसआर/वान सिनेमाजले समान ३/३ र एफक्युब/सिडिसी/क्युजले ४/४ शोज दिएका छन् । राजधानीको बिग मुभिजले भने बुधबार बेलुकासम्म कुनै पनि शोज बाड्न सकेको छैन ।

रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

यस्तै दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा मिथिला शर्मा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.