‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको स्वर र संगीत छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले देशको राजनीतिक विकृतिको कथा भन्छ ।

चलचित्र मा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरे लगाएतका कलाकारको अभिनय छ ।

चलचित्रको व्यापारमा हुने नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट मैदानको लागि खर्च गरिने घोषणा निर्माण टिमले पहिले नै गरि सकेको छ । चलचित्रको लेखन कुमार कट्टेल र दीपक आचार्यले गरेका हुन् । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् । चलचित्र ‘सेन्टी भाइरस’ फागुन ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।