निशाको लागि सहयोगको ओइरो



नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले नेपालकी चर्चित तथा लोकपृय नायिका सुश्री निशा अधिकारीले गर्न लागेको सर्वोच्च शिखर सगरमाथा आरोहण कार्यक्रमको प्रायोजन गरेको छ । अधिकारीलाई सगरमाथाको शिखरमा फहराउनको लागि कम्पनीका अध्यक्ष श्री कुशकुमार जोशीले कम्पनीको झण्डा हस्तान्तरण गर्नु भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड देशको बृहत्तर आर्थिक तथा भौतिक पुर्वाधारहरु विकास गर्नका निमिक्त नेपालीहरुको अनुभव, शिप तथा साधन श्रोतलाई साथमा लिई निर्माण गर्ने लक्ष्य लिएर लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । यस कम्पनीमा जनसमुदाय, व्यापारिक समुहहरु, निर्माण व्यावसायी, ईन्जिनियर तथा ब्यवस्थापनबिदहरुको संग्लनता छ । रणनीतिक रुपमा पूर्वाधारहरुको निर्माण र व्यवस्थापन गरी, देशको आर्थिक विकासलाई तीब्र पार्न, तथा आर्थिक विकासमा अर्थपूर्ण योगदान पु¥याउन आपूmलाई विकास निर्माणकर्ताको एक नमूना सस्थाको रुपमा विकसित गर्ने मुख्य उद्देश्य लिई स्थापना भएको यो नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड, जसले देशभित्र र बाहिर रहेका नेपालीहरुको लगानी, सीप, विशेषज्ञता, दक्षता तथा साधनहरु एकै ठाउँमा ल्याई त्यसको संस्थागत वा समुचित व्यवस्थापन गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने जस्तो साहासिक कार्य गर्ने सस्थाको रुपमा स्थापित हुने क्रममा छ । आफ्ना गतिविधीहरुलाई सहज बनाउन तथा परियोजनाको स्थलगत कार्य संचालन गर्न यस कम्पनीले हेटौडा र फर्पिङ्गमा पनि शाखा कार्यालय पनि स्थापना गरेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.