नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बिपिन र स्वस्तिमा बने उत्कृस्ट


सेलिब्रेटी नेपाल

काठमाडौँ:विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले सोमबार सम्पन्न भएको नेपालअन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा डबल हयाट्रिक गरेको छ । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिन सम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो । चलचित्रबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जिते भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितिन् । त्यसैगरि जुरी अवार्ड पुरुष र महिला तर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जिते ।

बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पार्न सफल भयो । समारोहमा ‘गोपी’ले राष्ट्रिय तथाअन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने चलचित्रबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेकाथिए । त्यसै गरि छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो ।

कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पायो भने इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले प्राप्त गर्यो । नेपाली सर्ट फिल्म तर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित‘कलम’ले जित्यो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएकाथिए । सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले प्राप्त गर्यो ।

बहुपतिप्रथाको कथा समेटिएको गणेश पायडे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो । यहीवर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफदि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नामदिएको यो पुरस्कारको राशि७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीयफिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममाभारत पाकिस्तानबोर्डरमा चेपिएकी एक युवतीको कथापेश गरिएको थियो । बाग्मति अवार्ड नामदिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै चलचित्रले १५ सय अमेरिकी डलर हातपार्यो ।फिचरफिल्म तर्फका मुख्य जुरी प्रकाशझाले नेपालकाफिल्मसँगको योपहिलो साक्षात्कार भएपनि नेपाली चलचित्रको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएकाथिए । उनले नेपालसँग चलचित्रका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि बताएकाथिए ।

‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अबआउने जाने गरिरहन्छु । सँगै सिनेमा सम्बन्धी जे कामकालागिपनि सहकार्यकालागितयार छु,’ उनले भनेकाथिए ।
ऋवार्डमाविजेता छान्ने कामफिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिएभने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलोमकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्यथिए ।फेस्टिभलको आयोजना नेपालफिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो ।