सौगात र सृष्टिको ‘माइकल अधिकारी’ छायाँकन सकियो


सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलाममा ३८ दिन छायाँकन गरेर छायांकन सकिएको हो ।

आगामी चैत्र २८ गते प्रर्दशन मिति तय गरिएको यस चलचित्रमा सौगात र सृष्टि सँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता निरक पौडेल हुन् ।छायाँकन सकेर चलचित्र टिमले झापामा गरेको पत्रकार भेट घाट कार्यक्रममा प्रमुख अतिथि बनेर संचारकर्मी रवी लामिछाने पुगेका थिए । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर श्री कृष्ण फिल्म्स र पुर्वमा माता पाथिभरा फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.