‘सेन्टी भाइरस’ गीत, आफ्नो पार्टी जिताउन कार्यकर्ताको लडाईं


सेलिब्रेटी नेपाल

काठमाडौँ:धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ । प्रमोद खरेल र विद्या मन्जु तिवारीको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, एलिश राईलगायत फिचर्ड छन् । आफ्नो पार्टीलाई जिताउन कार्यकर्ताले खेल्ने भूमिका र नेताहरुले देखाउने व्यवहारलाई गीतमा उतारिएको छ ।

हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको संगीत छ । दीपक आचार्यले निर्देशन गरेको भिडियोमा एलिश राईको कोरियोग्राफी छ । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस-सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गरेका हुन् । जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरे लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको लेखन कुमार कट्टेल र दीपक आचार्यले गरेका हुन् । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् । चलचित्र ‘सेन्टी भाइरस’ फागुन ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.