आकाश र पूजाको ‘सम्झना बिर्सना’ फर्स्टलुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दार्जिलिङ, सिक्किम र नेपालको पहाडी जीवन पद्दतिको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रमा निमेष प्रधानको निर्देशन रहेको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नव कलाकार चाँदनी प्रधानको पनि अभिनय रहेको छ ।

आदित्य फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन छ । आगामी वर्षको जेठ २ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रमा तारा थापा किम्भेको सम्पादन, राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी, शिशिर राणा र निमेष प्रधानको पटकथा तथा संवाद रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.