प्रेम दिवसको अवसरमा प्रदर्शनमा आएको ‘लभ डायरिज’ लाइ दर्शकको साथ


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रेम दिवसको अवसर पारेर फागुन २ गते शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘लभ डायरिज’ले सुखद सुरुवात गरेको छ । शुक्रबार र शनिबार चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ । प्रेमकथानक चलचित्रलाइ मल्टिप्लेक्समा दर्शकको राम्रो साथ मिलेको एसोसियट निर्देशक शाहिल खानले जानकारी दिए चलचित्रले छायाँ सेन्टर,सिभिल मल,कुमारी हलको सबै शोज हाउसफुल रहेको खानले बताए । चलचित्र ‘लभ डायरिज’को बुधवार भब्य प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्र हेर्ने जति दर्शकले पनि चलचित्रको तारिफ गरेका थिए ।

चलचित्र हेर्ने दर्शकले चलचित्रको कथा र प्रस्तुतीकरण मन पराएका छन् । चलचित्र ‘होस्टल रिटर्न’बाट डेब्यु गरेका अभिनेता सुशील श्रेष्ठ अभिनित पछिल्ला चलचित्र सफल हुन सकेका थिएनन यो चलचित्रको दर्शक प्रतिक्रियाबाट अभिनेता सुशीललाइ पनि राहत पुगेको छ । शुक्रबार र शनिबारको ब्यापारिक हिसाब सार्बजनिक भने गरिएको छैन माउथ पब्लिसिटी राम्रो भएकोले लगानी सुरक्षित गर्नेमा निर्माता ढुक्क देखिएका छन् ।

प्रेमकथानक चलचित्रमा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन्। चलचित्रमा सुशील र रुबिना संगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ। सञ्जय लामाले छायांकन गरेको चलचित्रमा अर्जुन पोखरेलको संगीत,मधु बास्तोलाको कथा/पटकथा रहेको छ।

सौरभ चौधरी निर्देशित चलचित्रलाई दर्शकले रुचाएपछि विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए । शाहील खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । चलचित्रको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गरेको छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।