म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्बजनिक,पल र पुजाको कस्तो बन्यो केमिस्ट्री ?


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ। लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। फागुन ३० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रले सांगीतिक प्रेम कथा वाचन गर्छ।

बिहीबार सार्वजनिक चलचित्रको ट्रेलर कलरफूल छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेममा आउने उतार–चढावलाई देखाईएको छ। ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्। जन्मजय साम्पाङ राई चलचित्रको सह–निर्माताको रुपमा छन्। निर्देशक थापाकै कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्। चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। सौरभ लामाले खिचेको चलचित्रलाइ बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.