अभिनेत्री महिमा सिलवालको दुर्घटनामा निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ:धादिङमा बसको ठक्करबाट अभिनेत्रीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५६ नम्बरको स्कुटर ठोकिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका अभिनेत्री महिमा सिलवाल र शर्मिला सिलवालको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।

खड्काका अनुसार, चितवनको गीतानगर घर भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौँमा ज्यान गएको हो ।

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। अभिनेत्री महिमा एक दशकदेखि नेपाली चलचित्रमा सक्रिय थिइन्। उनले ‘सकस’, ‘दानव’, ‘ब्याइफ्रेण्ड’, ‘सुब्बा साव’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.