‘प्रेम गीत ३’ को अमेरिका राईटस् नवराजले किने


सेलिब्रेटी नेपाल

काठमाडौँ:यस वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा राईट्स बिक्री गरिएको छ । यी देशहरुका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् विभिन्न चलचित्रमा काम गरिसकेका नवराज श्रेष्ठले राईटस् सोमबार खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकाँक्षी चलचित्र ‘प्रेम गीत–३’ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा समाबेश गीत ‘हात्ती ढुँगामा’सार्बजनिक भई सकेको छ ।

चलचित्रको माग अहिले बढेको र अब युरोप एवम् अष्ट्रेलिया राईट्स पनि बेच्ने निर्देशक सेनले जानकारी गराएका छन् ।

यो चलचित्रको छायाँकन राजेश श्रेष्ठले गरेका हुन् । चलचित्रमा कल्याण सिंहको सँगीत, कविराज गहतराजको नृत्य रहेको छ । सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् । चलचित्र ‘प्रेम गीत ३’ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रका सह निर्माता कुमार सान शाह रहेका छन् ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.