सडकको कथा व्यथा ‘दोषी को ?’ बिसेष शो सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ:निमा लामा तामाङको निर्देशन, गोपी अधिकारीको निर्माण र करण थापा मगरको प्रस्तुति रहेको समाजीक कथानक चलचित्र ‘दोषी को ?’ को शनिबार चलचित्र बिकास बोर्डमा बिशेष शो आयोजना गरियो । शोमा उपस्थिति दर्शकले ‘दोषी को ?’ राष्ट्रवादी अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शोमा ‘दोषी को ?’ मा संलग्न कलाकार तथा प्राबिधिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सडकमै जन्मिएर, सडकै जीवन ब्यथीत गर्न बाध्य नेपाली युवाको ममस्पर्शी कथालाई प्रस्तुत गरिएको चलचित्रमा गरिबीका कारण प्रेममा आउने उचाढ चढावको बिषयलाई समेत समेटिएको छ । कार्यक्रममा बोल्दै अभिनेता खड्काले बिदेशी फिल्मका कारण नेपाली फिल्मको अपेक्षाकृत बिकास हुन नसकेको तथ्य औल्याउदै सम्बन्धी निकाय र सरोकारवालाले बिशेष कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । उनले अधिकांश हलले नेपाली फिल्मलाई हेला गरि बिदेशी फिल्मलाई माया गर्ने गरेकाले सबै निर्माता एकजुट भइ स्वदेशी फिल्मको उत्थानमा लाग्नु पर्ने बताए ।

करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगरको प्रस्तुति रहेको चलचित्रमा सुवास नेपाली,करण थापा मगर,सपना लामा,नेहा गौतम,गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । बिशेष शोमा फिल्म हेरेका जति सबैले मन पराएकाले आफूलाई यो क्षेत्रमा केही गर्न थप हौसला मिलेको निर्माता गोपीले बताए ।

यसअघि ‘ए सोल्टिनी’ निर्देशन गरेका निर्देशक लामाले ‘दोषी को ?’ ले आम दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । करण थापा मगरको लेखन,गोपी अधिकारी र सन्तोष सुनामको संगीत,बिश्वास भण्डारीको छायांकन र सम्पादन, मित्र ध्वज गुरुङको कलर र रमेश रेग्मीको कोरियोग्राफी छ । चलचित्र केही समयभित्र बिभिन्न देशमा प्रदर्शन गरिने र केही समयपछि स्वेदेशका हलमा ल्याइने निर्माण पक्षले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.