ट्रेन्डिङ शिर्ष स्थानमा ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘प्रेमगीत ३’को ‘हात्ती ढुंगामा’ गीतले ट्रेन्डिङको शिर्ष स्थान हाँसिल गरेको छ । सार्बजनिक भएको दुई दिनमा ‘हात्ती ढुंगामा’ले ११ लाख बढी भ्युज बटुलिसकेको छ । ७ हजार पाँच सय प्रतिक्रिया पाएको गीतलाई ९२.५१ प्रतिशत लाइक प्राप्त भएको छ । प्रतिक्रिया सबै जस्तो सकारात्मक आएका छन् ।
पहिलो प्रचार सामाग्रीलाई लिएर दर्शकले देखाएको उपस्थिति र प्रतिक्रियाले ‘प्रेमगीत ३’को हाइप अझ उकालो लागिरहेको छ ।

कल्याण सिंहले संगीत भरेको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् । हर्क साउदको शब्द रचनामा मेलिना राई र सागर आलेले आवाज दिएका छन् । भने, भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर चैत २८ बाट सार्बजनिक प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.