‘प्रेम गीत ३’को पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को पहिलो गीत सार्बजनिक गरिएको छ । सागर आले र मेलिना राइको स्वरमा रहेको’हात्ती ढुंगामा’बोलको गीतमा हर्क साउदको शब्द र कल्याण सिंहको संगीत रहेको छ । मनाङमा छायाँकन गरिएको गीतमा अभिनेता प्रदीप खड्का,अभिनेत्री क्रिस्टिना गुरुङ,कलाकार सुनिल थापा र माओत्से गुरुङ फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीत राजेश श्रेष्ठले छायाँकन गरेका हुन्।

चलचित्रमा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहेको छ । दुईसय वर्ष पुरानो प्रेमकथामा बनेको यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । प्रदीप र क्रिस्टिनाका साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ।