बिश्वका सबैभन्दा होचो कलाकारको सयोगार्थ ‘सेल्फी किङ्ग’को बिषेश शो हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ चलचित्र ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते चलचित्रको बिषेश शो आयोजना गर्न लागेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ । ‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले चलचित्रको बिषेश शो गर्न लागिएको हो ।’ विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले चलचित्र उपलब्ध गराएका छन् ।

चलचित्रको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा चलचित्रका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहने अध्यक्ष शाहीले जानकारी दिए । विशाल सापकोटा निर्दे्शित चलचित्रमा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ ।

चलचित्रमा विपिन कार्की , लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.