धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट महँगो रकममा विक्री


सेलिब्रेटी नेपाल

काठमाडौँ: धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो । सोमबार नेप्सिनेका प्रमुख विधान कार्की र चलचित्र निर्माण कम्पनि सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस) बीच सम्झौता भएको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिनेछ । ट्रेलर रिलिज पश्चात चलचित्रको हाइप बढेको छ । चलचित्र महाशिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शन हुँदैछ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको चलचित्रमा सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।