अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नेपाल शाखा विस्तार


सेलिब्रेटी नेपाल

काठमाण्डौ: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो ।

नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखा विस्तार गरि सकेको छ ।

नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् ।

यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय आवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविशा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.