कृषि प्रधान देश नेपालका लागि चलचित्र किसान



(सेलिब्रेटी नेपाल) २३ चैत्र-कृषि प्रधान देश नेपालका किसानहरुको सुख-दुःखलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको चलचित्र किसान आज देखि देश भर रिलिज भयको छ । चलचित्रलाई , निर्देशक समाजका पूर्व अध्यक्ष रहेका बिमल पौडेलले निर्देशन गरेका हुन् ।सामूहिक कृषि प्रणाली, एउटै विचारधाराका किसान समूह र उनीहरूले आफ्ना उत्पादनको विक्रीका लागि कल्पना गरेको बजार आदि विषयहरू चलचित्रमा समाबेश छन्। किसानलाई जागरुक र अन्यलाई सचेत गराउने उद्देश्यले ‘किसान’ बनाएको निर्देशक विमल पौडेलले बताए । चलचित्रमा अभिनेता राजेश हमालले देशका कृषकहरूको आवाजलाई प्रतिनिधित्व गरेका छन्। चलचित्रमा हमालका अलावा नीर शाह, नन्दिता के.सी, नीता ढुंगाना, निर्देशक बिमल पौडेल, मौसमी मल्ल, रमेश बुढाथोकी आदिको मुख्य भूमिकामा अभिनय रहेको छ। रोशन श्रेष्ठको द्वन्द्व र चेतन सापकोटाको संगीत यसमा रहेको छ। चलचित्रको अधिकांश छायांकन चितवनमा गरिएको छ। नेपाली किसान हरुले आफ्नै कथा बस्तुको चलचित्र लाई कति रुचाउने हुन् अब केहि दिनमा थाहा हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.