‘चपली हाइट ३’गीत सार्बजनिक,बोल्ड अवतारमा स्वस्तिमा र सुपुष्पा(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्बजनिक गरिएको छ सोमबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ‘चारानाको मसला’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा डिपी खनालको शब्द,सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा कलाकार स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ । गीतमा स्वस्तिमा र सुपुष्पाको बोल्ड रुप देख्न सकिन्छ ।

सस्पेन्स थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन कुमारले निर्माण गरेको चलचित्रमा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ । चलचित्र चैत्र २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।