‘सेल्फी किङ्ग’ बिपिन संग दीपकराजले साटे हाँस्यकलाकारको पिडा


सेलिब्रेटी नेपाल

आगामी माघ २४ गतेबाट चलचित्र ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउदैछ । चलचित्रमा टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्य कलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको चलचित्रमा ‘सेल्फी किङ्ग’ अर्थात विपिन कार्की एक कार्यक्रममा पुगेर फर्किंदा सम्मको कथा हो । कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथाको क्रममा आउने उतारचढावमै चलचित्र केन्द्रीत छ ।

सार्वजनिक अघिल्लो गीत ‘जाली रुमाल’ ले कार्यक्रमको घटनालाई प्रस्ट्याउछ । केकी अधिकारी सहित भीमफेदी गाइजले नृत्य गरिरहदा विपिन आफ्नो पालो कुरेर बसेका छन् । तर , उनको पालो आउँदा कार्यक्रम गर्न आनाकानी गरेको सार्वजनिक ट्रेलरमा प्रस्टिन्छ । त्यसपछि टिमले सार्वजनिक गर्यो ,’जिन्दगीको के छ र भर’ । यो गीतले चलचित्रको कथालाई बोकेको निर्माण पक्षले बताउदै आएका छन् । मन भित्र र बाहिरको दुस्खसँग लडिरहेका ‘सेल्फी किङ्ग’ अर्थात विपीनले कमेडियनको भित्री पाटोलाई उजागर गरेका छन् । एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पिडालाई निर्देशक विशाल सापकोटाले प्रस्तुत गरेका छन् । एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको चलचित्रको चर्चा भइरहदा कलाकार दीपकराज गिरीले विपिनलाई भेटेका छन् । पर्दामा विपिनले कमेडियनको चरित्र निर्वाह गर्दै गर्दा दीपकले चलचित्रको बारेमा भलाकुसारी गरेका हुन् ।

रील लाइफमा कमेडियनको भूमिका निर्वाह गरेका विपिन र रियल लाइफमा कमेडी मार्फत नै कलाकारिता प्रारम्भ गरेका दीपकले गरेको कुराकानी युट्युबमा राखिएको छ । जहाँ दीपकले एउटा कमेडियन हुँदा मन भित्रका भावनालाई कतिसम्म दबाउनु पर्छ भनेर उल्लेख गरेका छन् । उनले चलचित्रको ट्रेलरमा आफ्नै कथा पाइएको समेत बताएका छन् । उनले भिडियोको अन्त्य तीर लगभग १७ मिनेटमा आफ्नो एउटा दुखान्त समेत साटेका छन् । चलचित्रमा स्क्रिप्ट अनुसार सेल्फी किङ्गले महसुस गरेको हाँस्यकलाकारको पिडा र रियल लाइफमा भोग्नु पर्ने पिडाको बारेमा विपिन र दीपकले अनुभव साटेका हुन् । चलचित्रमा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ । विपिनसंगै चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।