किराँत राई संस्कृतिमा बनेको ‘सायबुङ’ को गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘सायबुङ’ को गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘कोक्मा है माथि फक्ताङ्लुङ्ग’ बोलको गीतमा उदय नेम्बाङ्ग लिम्बुको शब्द,संगीत तथा स्वर रहेको छ । देव जङ्ग थापाले कोरियोग्राफी गरेको गीतमा सौजन सुब्बा, सम्झना ‘साया’ राई र निशा राईको अभिनय रहेको छ।

सार्बजनिक गीत पुर्वान्चलको ताप्लेजुङ् र पाँचथर जिल्लाको बिभिन्न रमणिय स्थलहरुमा छायाङ्कन गरिएको छ । दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा साया वान्तावा राइको लगानिमा निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ लाई भागीराज राइले निर्देशन गरेका हुन् । चलचित्रमा सौजन सुब्बा, साया बान्तावा राइ, निशा राइ,मदन दुमी,सगुन सुसारा, दर्पन राइ,राहुल राइ ‘बोगिको’ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा उदय नेम्वांग लिम्बु,भक्त सुनुवार,भागीराज राइको संगीत रहेकोछ । चलचित्रमा देवजङ्ग थापाको छायाङ्कन,शौखिन तिमल्सिनाको सम्पादन र धनु ज्ञाङ्मी मगरकोपार्श्व संगीत रहेकोछ ।