‘चलचित्र स्टारडमसँगै प्रस्तुतिकरणले मात्र चल्ने हो’ विराज भट्ट


सेलिब्रेटी नेपाल

काठमाडौँ:एक्सन स्टार विराज भट्टको चलचित्र ‘साङ्लो’आगामी शुक्रबार अर्थात् माघ २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा छ यतिबेला विराजलाइ दोहोरो चटारो छ प्रचार प्रसारमा समय दिनु छ र पोस्टको काममा पनि समय दिनु पर्ने छ विराज आफैं निर्माता तथा निर्देशक भएको कारण उनलाई दोहोरो चटारो परेको हो ।

एक्सन स्टार विराज भट्टले पछिल्लो समय नेपालमा स्टारडम भ्यालु घटेको बताएका छन् । आफैले निर्माण र निर्देशन गरेको साङ्लो प्रचारमा खटिएका विराजले अब चलचित्र चलाउन प्रस्तुतिकरणमा ध्यान पुर्याउनु पर्ने पनि बताए । कुनै बेला नेपालमा चलचित्र चल्नुमा स्टारडमले काम गर्थ्यो । तर, अहिले स्टारडमले नै दर्शक तान्न गाह्रो छ । मेरो समयमा राम्रा सिनेमाको लागि स्टारडमले ‘सुनमा सुगन्ध’को काम गर्थ्यो । अनि स्टार जोडिएका नराम्रा सिनेमा फ्लप नै भएपनि लगानीको राम्रो प्रतिशत रिकभर हुन्थ्यो । जहाँ कलाकारको स्टारडम देखिन्थ्यो । अहिले समय फेरिएको छ । चलचित्रमा प्रस्तुतिकरण र कन्टेन्टले काम गर्न लागेको छ ।

चलचित्र ‘साङ्लो’ मा विराजसँगै मिस नेपाल निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी,राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको द्वन्द, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।