‘लभ डायरिज’ नयाँ गीतमा त्रिकोणात्मक प्रेम(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: फागुन २ गते सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘लभ डायरिज’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम दर्साइएको छ ।

सुशील र विश्वजित दुवै जना रुबिनालाई प्रेम गर्छन । रुबिना भने सुशीललाई प्रेम गर्छिन । गीतले यस्तै कथा वर्णन गर्छ । मानसविक्रम थापा को शब्द र प्रविण पौडेलको संगीत रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।

सौरभ चौधरी निर्देशित चलचित्र यति बेला प्रचार प्रसारमा जुटी रहेको छ । ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए । लभस्टोरी चलचित्रमा सुशीलसँगै डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । चलचित्रको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।