‘जोकर’ र ‘सेल्फी किङ’ मा कुनै समानता छैन,निर्देशक सापकोटा


सेलिब्रेटी नेपाल

काठमाडौँ: माघ २४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ टिम यति बेला प्रचार प्रसारमा जुटेको छ । अभिनेता बिपिन कार्की,अभिनेत्री लक्ष्मी वर्देवा,निर्देशक विशाल सापकोटा र निर्माता दिनेश राउत प्रचार प्रसारमा व्यस्त बनेका छन् । ‘सार्बजनिक ट्रेलर र गीत संगीतले ‘सेल्फी किङ’ को बारेमा दर्शकहरुले थाहा पाई रहेका छन् अझै धेरै दर्शक समक्ष ‘सेल्फी किङ’ यो हप्ता बाट प्रदर्शनमा आउदै छ भन्ने कुराको जानकारी पुर्याउन हामि सक्दो लागि परेका छौँ निर्देशक सापकोटा बताउछन्’ । अमेरिकामा बसेर चलचित्र मेकिङ्ग पढेर आएका निर्देशक सापकोटालाई ‘सेल्फी किङ’ लाई ‘जोकर’ संग मिल्यो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनि भन्छन ‘जोकर’ र हाम्रो ‘सेल्फी किङ’ को टिजर आउने समय र ‘जोकर’को प्रदर्शनको समय मिलेकोले र कमेडीयनको नै कथा भएकोले धेरैले ‘जोकर’ हो कि भन्ने अनुमान गरेका हुन् तर चलचित्र हेरेपछि दर्शकलाइ थाहा हुनेछ जोकर र ‘सेल्फी किङ’ निकै नै भिन्नै छ भन्ने ।’

चलचित्रकर्मी कै परिवारबाट आएको हुनाले नेपाली कमेडियनहरुको रहन सहन बुझेको छु र ‘सेल्फी किङ्ग’ को पात्रको धेरै कुराहरु मिल्ने निर्देशक सापकोटा बताउछन् । सापकोटाको बुवा र काका पनि लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा नै सक्रियछन् । आफ्नो काकासंगको भलाकुसारीबाट यो कथाको सुरुवात भएको उनि बताउछन् । एउटा कमेडियनको तिन दिनको कथा ‘सेल्फी किङ’मा समाबेश छ ।

क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनि ‘सेल्फी किङ’ बनेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । चलचित्रमा उनैको तीन दिनको कथा उतारिएको छ । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा विपिन कार्की लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ ।चलचित्रमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।