अब मल्टिप्लेक्स सिनेमाको मज्जा बनेपाको शुभकामनामा


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रबिधिको विकास संगै डिजिटल प्रबिधिले धेरै स्थान ओगट्न सफल बनेको छ। नेपाली चलचित्र मेकिङ्गमा पनि अहिले डिजिटल प्रविधिले स्थान जमाई सकको छ ।मेकिङ्ग संग संगै चलचित्र प्रदर्शन गर्ने सिनेमा घरहरुले पनि आफुलाई अपग्रेड गर्न लागि परेका छन्। काभ्रेपलान्चोक जिल्ला बनेपामा अवस्थित शुभकामना हाई भिजन हलले आफु लाई अपग्रेड गर्दै पूर्ण डिजिटल प्रबिधिमा संचालनमा ल्याएको छ ।

हाइ भिजन सिनेमा हलले प्रविधिमा अपग्रेड गरे संगै नाम पनि परिवर्तन गरेको छ। शुभकामना हाइ भिजन हलको नाम अब शुभकामना सिनेमा हल भएको छ । शुभकामना सिनेमा हलका संचालक दुर्गालाल प्रधान भन्छन समय अनुसार परिवर्तन भएन भने त फेरी ब्यापार गर्न गार्हो छ । शुभकामना सिनेमा हलका संचालक दुर्गालाल प्रधान भन्छन् ‘अहिले पहिलेका जस्ता दर्शक छैनन्, सस्तोमा भन्दा पनि गुणस्तरमा सिनेमा हेर्न चाहन्छन्’ ।अब काभ्रेका दर्शकहरुले गुणस्तरीय र आरामदायी तरिकाले सिनेमा हेर्न अन्तजान नपर्ने प्रधान दावी गर्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.