नेपाल आइडलका म्युजिसियन टिमको ‘ढल्क्यो जोवन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन् । राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सुत्र टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो । दिपक आरजेको संगीत रहेको गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन् ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यँहाको नेपाली व्याण्ड र्यार्ड्स स्टुडियोमा सक्रिय छन् । साथै, उनले त्यँहा आयोजना हुने थुप्रै नेपाली साँगीतिक कार्यक्रमको रोटेपिङ इन्टरटेनमेन्ट मार्फत म्यानेजमेन्टको जिम्मेवारी सम्हालि सकेका छन् ।

सार्वजनिक भिडियोमा म्युजिसियनहरु आफै देखिएका छन् । गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेश सिंह गुरुङ, सारङ्गीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ देखिएका हुन् ।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडियोमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियो यस पिपुल एजुकेशन र भिषा सर्विस प्राउड्लीको प्रस्तुतीमा निर्माण भएको हो ।