सुशील र रुबिनाको ‘लभ डायरिज’भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा पनि


सेलिब्रेटी नेपाल

काठमाडौँ:सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्नेछन । फागुन २ अर्थात फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको हो ।

सौरभ चौधरी निर्देशित चलचित्र यति बेला प्रचार प्रसारमा जति रहेको छ । ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए । लभस्टोरी चलचित्रमा सुशीलसँगै डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । चलचित्रको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।