मिलनको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’ घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’को घोषणा भएको छ। वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ २० करोड बढी लागतमा निर्माण हुने छ । चाँडै छायांकन सुरु हुने चलचित्रमा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।नेपाली चलचित्रलाई विश्वव्यापी रुपमा चिनाउन लण्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी दिए । प्रचारमा ५० वटा डबल टेकर बस प्रयोग गरिएकोसमेत उनले बताए ।

यूके, अफगानिस्थान र नेपालमा छायांकन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । यस वर्ष रिलिज भएको ‘वीर विक्रम २’ पछाडी निर्देशक चाम्सले नयाँ चलचित्र निर्माण गर्न लागेका हुन् । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.