तिन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका दाहाल बोर्ड अध्यक्षको दावेदार


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली चलचित्र उद्योगको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । गत मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्डमा अध्यक्षको पद खाली भएको हो ।

राजनीतिक भागवण्डा र सत्तारुढ दल निकटका फिल्मकर्मी बोर्डको अध्यक्षमा नियुक्ती गर्ने परिपाटीले अहिले पनि अध्यक्ष्यको दौडमा आधा दर्जन भन्दा बढी चलचित्रकर्मी सामेल भएको चर्चा चलचित्र नगरीमा चल्न थालेको छ ।

बोर्डको अध्यक्ष पदका लागि अभिनेताद्वय राजेश हमाल र भुवन केसीसँगै निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्देशक नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक तथा अभिनेता आकाश अधिकारी र निर्देशक केपी पाठक आन्तरिक तयारीमा रहेको बुझिएको छ । यी नामहरु सत्तारुढ दल नेकपा निकट मानिन्छन् ।

बोर्डको अध्यक्षमा दाबेदारमध्ये निर्देशक दयाराम दाहाल बलियो दाबेदार भएका व्यक्ति हुन् । अहिलेका बोर्ड सदस्य पनि हुन् दाहाल । नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकदेखि योगदान पुर्याइरहेका वरिष्ठ निर्देशक दाहाल बोर्डको अध्यक्ष पदको लागि योग्य भएको समेत चलचित्रकर्मीहरुले टिप्पणी गर्न थालेका छन् ।

सन् १९८८ मा निर्माण भएको चलचित्र ‘लाहुरे’मा सहायक निर्देशकको रुपमा काम गर्दै चलचित्र क्षेत्रमा देखिएका दाहाल कुशल निर्देशक, लेखक तथा गीतकार पनि हुन् । उनले ठुल्दाइ, तँ त साह्रै बिग्रिस नि बद्री, अर्जुन, कर्मयोद्धा, जंगे, ढुकढुकी, भाग्य विधाता, पालेदाई, अरवपति, दौंतरी, अग्नी ज्वाला, जेठो कान्छो लगायत दुई दर्जन बढी हिट​ चलचित्र दिएका छन् । दाहाल नेपालमा सबै भन्दा धेरै चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा चिनिन्छन् । चलचित्रका विभिन्न भूमिकामा रहेर ६० भन्दा बढी फिल्महरुमा उनको संलग्नता रहेको छ ।

चलचित्र विकास बोर्डमा रहेर बक्स अफिस प्रणाली, चलचित्र नीति, सुटिङ डेस्टिनेशन नेपाल लगायतका प्रोजेक्टहरुमा काम गरेको अनुभव पनि दाहालसँग र​हेको थियो । श्र​म​जीवि फिल्म​कर्मीलाई सामाजिक सुर​क्षा नीति, ब​क्स​ अफिस​ अनुग​म​न​ स​मिति, अत्याधुनिक ईन्डोर​ चलचित्र स्टुडियो, फिल्म​ म​होत्स​ब​ ल​गाय​त​का कार्य​क्र​म​मा दाहाल​​ स्व​य​म​ संयोज​क र​हेर​ काम​ अगाडी ब​ढाईर​हेको अब​स्था थियो ।

त​त्कालिन​ अध्य​क्ष​ भ​ट्ट​राईको अस​मायिक निध​न​ प​श्चात​ हाल​ यी स​बै कार्य​क्र​म​ह​रु स्थ​गीत​ र​ सुचारु हुन​ स​केको छैन​ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित प्रायः छ ।

चलचित्रका अभिनेता त​था कलाकार​ह​रुलाई कलाकार​कै स​म​स्या मात्रै ब​ढि थाहा हुन्छ​, निर्माता त​था निर्देश​क लाई चलचित्र निर्माण​का स​म​स्या मात्रै थाहा हुन्छ​ तर​ द​याराम​ दाहाल​लाई स​म​ग्र​ चलचित्र ​ क्षेत्र​कै स​बै स​म​स्याको वारेमा जान​कारी भ​एको उन​का बिग​त​का काम​ले प्र​ष्ट्याईस​केको छ​ । द​याराम​ दाहाल चलचित्र कर्मीहरुमा बौद्विक ब्य​क्तित्व​ प​नि मानिन्छन् । उनी बोर्डका लागि प्रशस्त समय व्यवस्थापन गर्न सक्ने व्यक्ति पनि हुन् ।

चलचित्र क्षेत्र​का नीति निय​म​का कुरामा प​नि उनी स​ज​ग​ छ​न । त​स​र्थ​ च​ल​चित्र​ बिकास​ बोर्ड​को अध्य​क्ष​मा द​याराम​ दाहाल​ नियुक्त​ भ​एको ख​ण्ड​मा ९५ प्र​तिश​त​ फिल्म​कर्मीह​रु खुशि हुनेछन् । आफुप​नि अध्य​क्ष​को लागि उप​युक्त​ मानिने केही निर्माता, निर्देश​क, अभिनेता ल​गाय​त​ च​ल​चित्र​ संघ​का केही प​दाधिकारी र​ केही वित​र​क बाहेक स​बै फिल्म​कर्मीह​रु द​याराम​ द​हाल​कै प​क्ष​मा उभिएका छ​न ।

यी विविध​ कार​ण​ र​ चलचित्र​कर्मीह​रुको भ​नाई अनुसार​ बोर्ड​को अध्य​क्ष​का लागि उप​युक्त​ उम्मेद्वार​ द​याराम​ दाहाल​ र​हेको प्र​ष्ट​ हुन्छ​ । स​म्ब​न्धित​ प​क्ष​ र​ विभागीय​ म​न्त्री गोकुल​ प्र​साद​ बाँस्कोटाले प​नि उप​युक्त​ ब्य​क्तीलाई नै बोर्ड​ अध्य​क्ष​ ब​नाउने प्र​तिव​द्व​ता ब्य​क्त​ ग​र्दै आएका छ​न । य​तिखेर​ फिल्म​कर्मीको माग​प​नि बोर्ड​मा द​याराम​ दाहाल​ नै आउन्​ भ​न्ने छ​ ।

केही बाहेक प्राय​ बोर्डका पुर्व​ अध्य​क्ष​ह​रु, निर्माता संघ​का अधिकांश​ प​दाधिकारी, च​ल​चित्र​ संघ​का अधिकांश​ प​दाधिकारी, निर्देश​क स​माज​, कलाकार​ संघ​, प्राविधिक संघ​, च​ल​चित्र​ प​त्र​कार​ संघ​का अधिकांश​ प​दाधिकारी, ज​न​जाती च​ल​चित्र​कर्मी संघ​, संगीत​कार​ संघ​, द्व​न्द​ निर्देश​क संघ​, श​म्भुजित​ बाँस्कोटा, नीर​ शाह​, ल​क्ष्मीनाथ​ श​र्मा, ह​रिह​र​ श​र्मा, यादव खरेल, दिनेश​ डिसी, दीपकराज गिरी ल​गाय​त​का द​र्ज​नौ चलचित्र​कर्मीह​रुले द​याराम​ दाहाल​ अध्य​क्ष​ हुनुप​र्ने धार​णा राखेका छन् ।